कैलाली। कैलालीमा लागुऔषध (खैरो हिरोइन) सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वाडा नम्बर ५ स्थित सडक बाट लागुऔषध (खैरो हिरोइन) सहित दुई जनालाई इलाका प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले प्रक्राउ गरेको हो।
विषेश सुचनाको आधारमा सडकमा हिनिरहेको अवस्थामा जानकी गाउँपालिका वाडा नम्बर ५ बस्ने बर्ष २२ का पुरन चौधरी र सोही ठाउँ बस्ने बर्ष २४ का अनिल चौधरीलाई चेकजाँच गर्दा निज पुरन चौधरीले लगाएको हाप पाईन्टको खल्तिमा लुकाई छिपाइ गरी कालो प्लास्टिकको पोकामा राखेको ३ थान नापतौल गर्दा प्लास्टिक बाहेक कुल तौल १६० मिलीग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीहरुलाई हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य अघि बढाइएको ईलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ ।