धनगढी। धनगढी उप-महानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । उप-महानगरपालिकाले उक्त प्रणाली जडान गरेसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् ।
धनगढी उप-महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । उनले उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको बताए । फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन समाजका लागि युवा संस्थासँगको सहकार्यमा उप(महानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो।
यो लिंकमा क्लिक गरेर उक्त एप डाउनलोड गर्न सकिनेछ । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन्। साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने नगर प्रमुख हमालको भनाई छ। यो लिंकबाट (https://play.google.com/store/apps/details…) app download गरी संकलनमा आउने गाडी बारेमा जानकारी लिन सकिन्छ |