दार्चुला। दार्चुलास्थीत एक खोला किनारमा चितुवा मृत फेला परेको छ। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेकोप्रहरीले बताएको छ । आज बिहान चितुवा मृत अवस्थामा फेला परेको बताइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ। डिभिजन वन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र सब डिभिजन वन कार्यालयका कर्मचारीको टोली घटनास्थलतर्फ गएको बताइएको छ।