दार्चुला। महाकाली नदीमा हाम फालेका दार्चुलाका एक पुरुष बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलङ्गामा पर्ने रिङनेताल नजिकैबाट महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले शनिबार दिउँसो हाम फालेका पुरुषको खोजी कार्य जारी रहेको जानकारी दिए । हाम फालेको व्यक्तिको पहिचान भने हुन नसकेको प्रहरी निरीक्षक सिंहले बताए ।