कञ्चनपुर। कञ्चनपुरको दोदा नदी छेउमा एक पुरुष मृत फेला परेका छन्। लालझाडी गाउँपालिका वडा नम्बर ४ जाँईका ४५ वर्षिय करनसिंह साउँद नदी किनारामा मृत फेला परेका हुन् ।
उनी घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए। उनी शनिवार राति मृत फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ