धनगढी। बास नेपाल सुदूरपश्चिम प्रदेश समितिलाई युवा प्रतिभा सम्मान २०७९ प्रदान गरिएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिमले युवाहरुको क्षेत्रमा योगदान गरे बाफत बास सुदूरपश्चिमलाई नगद सहित सम्मान गरेको हो।
शनिबार धनगढीमा आयोजित युवा प्रतिभा सम्मान २०७९ कार्यक्रममा युुवा पारिषद्का केन्द्रीय कार्यकारी उपाध्यक्ष सुुरेन्द्र बस्नेतले बास सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारालाई दोसल्ला ओडाएर सम्मान गरेका थिए। सम्मान ग्रहण गर्दै संयोजक पुुजाराले बास सुुदूरपश्चिमले ९ ओटै जिल्लामा जिल्ला शाखा र अधिकांश पालिकामा उपशाखा बिस्तार गरि भ्रष्टाचार बिरुद्ध युवा सशक्तिकरण र सुुशासनका क्षेत्रमा निरन्तर खबरदारी अभियानहरु सञ्चालन गर्दै युवाहरुलाई रुपान्तरण र जागरुक बनाउँदै आएको बताए।
उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा बासले युवा स्वयमसेवा, भ्रष्टाचार, अनियमितता बिरुद्ध र सुशासनका क्षेत्रमा निरन्तर अभियानलाई तिव्रता दिँदै आएको बताए । युवा प्रतिभा सम्मानबाट बास सुदूरपश्चिम सहित अन्य ५ जना युवाहरु सम्मानित भएका छन् ।