अत्तरिया। कैलालीको गोदावरी नदीमा डुवेर एक किशोरको मृत्यु भएको छ। शनिबार कैलालीको गोदावरी नगरपालिका १ बनदेवी टोलका १४ बर्षीय सागर खडायतको गोदावरी २ स्थीत गोदावरी नदीमा डुवेर मृत्यु भएको हो।
शनिबार नदीमा डुवेर अचेत भएका सागरको उपचारका लागि अत्तरिया अस्पतालमा लगिएको र थप उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा सागरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिए।
सागर कैलालीको अत्तरियामा रहेको गुराँस एकेडेमी अत्तरियामा कक्षा ८ मा अध्यनरत थिए। उनको मृत्युको शोकमा आइतबार विद्यालयमा शोक विदा दिइएको विद्यालयका प्रीन्सिपल डम्बर कडायतले बताएका छन । साथै गुराँस एकेडेमी अत्तरिया कैलाली परिवारले मृतआत्माको चिरशान्तीको कामना र श्रद्धाञ्जली ब्यक्त गर्दै शोक संतप्त परिवारलाई ईश्वरले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनेको छ।