कञ्चनपुर। कञ्चनपुरका बिभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालबाट लागुऔषधसहित सोही ठाँउका २६ वर्षीय बिकाश चन्दसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार उनीहरुको साथबाट खैरोहेरोईन ७.७३ ग्राम, चरेश ८.७० ग्राम, मोबाईल थान ४ र नगद २० हजार ८ सय बरामद गरिएको छ। गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले ३.१७ ग्राम लागुऔषधसहित कञ्चनपुर झलारीका भरत सिंह र नरेन्द्र ठगुन्नालाई पक्राउ गरेको छ।प्रहरीले उनीहरुको साथमा रहेको सु.प.प्र ०२००३ प ७९७६ नम्बरको अपाची मोटरसाइकल पनि बरामद गरेको छ। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।