धनगढी। धनगढीमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । आज बिहान घरको छतबाट लडेर धनगढी उपमहानगरपालिका–३ बिशालनगरका रमेश सार्कीको श्रीमती ३८ वर्षीया दिलसरा सार्कीको मुत्यु भएको हो।
सार्की आफ्नै एक तले घरको छतमा सुतिरहेकोमा एक्कासी छतबाट घर अगाडी बरण्डामा खस्नगई घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।