धनगढी। धनगढीमा उत्थानशिल जिविकोपार्जन र अर्वान सि कार्यक्रम अन्तरगत सिकाई तथा अनुभव आदानप्रदान कार्यशाला गोष्ठी गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कैलालीले ब्रिटिस रेडक्रस सोसाईटी र जर्मन रेडक्रससंँगको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
कोरोनाका बेला रोजगारी गुमाएका धनगढी वडा नम्बर १३, १७ र १९ का १५० अतिबिपन्न तथा आर्थिक रुपले कमजोर नागरिकलाई उत्थानशिल जिवकोपार्जन र अर्वान सि कार्यक्रममा समेटिएको थियो। उक्त लाभग्राहीहरुलाई कार्यक्रमले बिभिन्न जिवकोपार्जनका लागी आर्थिक सहयोग तथा सिप तालिम प्रदान गरी आत्मनिर्भर बनेकाहरुको सिकाई तथा अनुभव आदानप्रदान गरिएको कार्यक्रमका नरेन्द्र भट्टले बताए।उक्त कार्यक्रम मार्फत कोभिड १९ को प्रभाबबाट जिविकोपार्जन गुमाई आर्थिक समस्यामा परेका अति संकटासन्न परिवारको जिविकोपार्जनमा सुभार गरी उत्थानशीलतामा बृद्र्धि गर्ने र भविश्यमा आउनसक्ने विपद र संकटका लागी थप उत्साहित बनाउने लक्ष्य रहेको उनको भनाई छ । कार्यक्रममार्फत लाभग्राहीहरुलाई आर्थिक सुधारमा ल्याइ ब्यवसाय सुधार, जोखीम ब्यवस्थापन,बैंक खाता खोल्न लगाउने र ब्यवसायीक सुधारका लागी ४० हजार रुपँैया बितरण देखी आय आर्जन तालिम, सिप प्रदान गरिएको बताए ।
ब्यवसायबाट भएको आम्दानीलाई बचत तथा खर्च सम्बन्धी ज्ञान,उपचारका तालिमसँगै वडा प्राबिधिकबाट घरघरमा गएर विपद ब्यस्थापन सम्बन्धी तालिम तथा बिभिन्न बहस पैरबी तथा पुर्नतार्जगी, सामाजिक सुरक्षा र जिवन बिमा, महिला उद्यमीशिलताका बारेमा जानकारी प्रदान गरिएको उनले बताए ।यस्तै कार्यक्रममा आफ्नो सिकाई तथा अनुभव आदानप्रदान सुनाउँदै धनगढी १९ का करन सिङ कोलीले कोरोनाका बेला रोजगार गुमाएको भन्दै आर्थिक अवस्थाले कमजोर हूँदा धेरै दुख कष्ट बेर्होनुपरेको र यस कार्यक्रममा जोडिएपछि धेरै लाभ प्राप्त गरेको बताए ।सिप सम्बन्धी तालिम वडा कार्यालय खुलेको जानकारी पछि यो कार्यक्रममा समेटिदा बाख्रा पाल्न ४० हजार रकम पाएको बताए । र अहिले बाख्रा पालनबाट आर्थिक अवस्था सुधार भएको उनले भने । यस्तै धनगढी १९ की सबित्रा सापकोटाले पनी बिदेशबाट पनी कोरोनाले रोजगार गुमाएर फर्किएको बताउँदै नेपालमा झनै बेरोजगारीको सामाना गर्नुपरेको सुनाईन् । जब आफुले पनी वडामा तालिमका लागी आवेदन खुलेको थाहा पाएपछि आफुले ठेला ब्यवसाय सञ्चालन गरेको सुनाईन् ।
तालिम लिएर ब्यवसाय गरेपछि अहिले आम्दानी भैरहेको छ उनले भनिन्, अब बिदेश जानु भन्दा सानो लगानीमा राम्रो आम्दानी भएपछि बिदेश किन जानु भन्दै उत्थानशिल जिवकोपार्जन र अर्वान सि कार्यक्रम र नेपाल रेडक्रस सोसाईटीलाई धन्यवाद दिइन् । यस्तै नेपाल रेडक्रस कैलालीका निर्वतमान उपसभापती उत्तम जोशीले लिएको तालिम आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रमको अवधी सकिदै लाग्दा लाभग्राहीले सिकेको कामलाई टेक्नीकल सर्पोट नेपाल रेडक्रस दिने बताउँदै वडामा रहेका जनप्रतिनिधीसँग सहकार्य गरेर जान उनले सुझाब दिए । सेप्टेम्बर २०२१ देखी सेप्टेम्बर २०२३ लागु भएको उक्त कार्यक्रम धनगढी उपमहानगरको वडा नम्बर १३, १७ र १९ का १५० लाभग्राही छन् । कार्यक्रम मार्फत हालसम्म धनगढी वडा नम्बर १३ मा ३७ जना महिला र १६ पुरुष गरी ५० जना लाभकर्ता रहेकोमा बाख्रा पालन २७ जनाले, बंगुर पालन ११ जनाले, भैसी पालन ४ जनाले, किराना पसल, पोल्ट्री ब्यवसाय, तरकारी खेती २/२ जनाले र सिलाईकटाई, आरन ब्यवसाय १/१जनाले सुरु गरेका छन् । यस्तै धनगढी १७ मा ४१ महिला र ९ पुरुष गरी ५० जना लाभकर्ता रहेकोमा बाख्रा पालन ४५ जनाले, बंगुर पालन सिलाईकटाई २/२ जनाले र खाजा पसल १ जनाले सञ्चालन गरेका छन् । यस्तै धनगढी १९ मा ३२ महिला र १८ पुरुष गरी ५० जना लाभकर्ता रहेकोमा ३७ जनाले बाख्रा पालन,५ जनाले बंगुर पालन,४ जनाले कार्ट ब्यापार र किराना,साईकल मर्मत, चिया पसल, आरन ब्यवसाय १/१ जनाले सञ्चालन गरेका छन् । उक्त कार्यक्रम मार्फत १५० जना मध्ये २१ जनाले दैनिक आम्दानी गर्न थालेका छन् । १०५ जनाले बैँकको खाता खोलेका छन् । ५४ जना किसानले बंगुर पालन बिक्री बितरण गरेका छन् । २० जना मासिक रुपमा बचत गर्न सक्ने भएका छन् । ८० जना लाभ ग्राही सुघारीएका र १३ जनाले बंगुरको खोर निर्माण गरेका छन् । २ बाख्रा मरेकोमा ३ जनाले बिमा रकम पाएका छन् । १५० जनाले विपद सुरक्षाका लागी नम्बर राखेका छन् । कार्यक्रममा धनगढी वडा नम्बर १३ का वडा अध्यक्ष बिजय राज जोशी, १७ का वडा अध्यक्ष माधब राज राना तथा १९ का कार्यवाहक वडा अध्यक्ष लगायत वडासदस्य लगायत जनप्रतिनिधी तथा लाभग्राहीहरुको उपस्थीती रहेको थियो ।