धनगढी। सुदुरपश्चिम प्रदेश सभा सदस्य ओम बिक्रम भाट ‘सरल’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ वैकल्पिक शक्ति नभएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,“नयाँ वैकल्पिक शक्ति रवि नेतृत्वको रास्वपा हुँदै होइन । रास्वपा बामालेको बि टिम हो ।” उनले काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाह र धरान उपमहानगरपालिकाको मेयर हर्क साङपाङ अहिलेको वैकल्पिक शक्ति भएको समेत बताए । आगामी निर्वाचनमा यी दुवै मेयर प्रतिस्पर्धामा हुने उनले बताए ।