धनगढी। सुदुरपश्चिम प्रदेशमा हालसम्म ४० प्रतिशत रोपाई सम्पन्न भएको कृर्षि बिकास निर्देशनालय दिपायलले जनाएको छ । सुदूरपश्चिममा १ लाख ७५ हजार ७ सय ६३ हेक्टरमध्ये ३९ हजार ७ सय ५१ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृर्षि बिकास निर्देशनालय दियायलका निर्देशक यज्ञराज जोशीले जानकारी दिए।
आज असार १५ गते सम्म सुदुरपश्चिम प्रदेशभर ४० प्रतिशत रोपाई सम्पन्न भएको उनले बताए । उनले हिजो आज जस्तै लगातार पानी परिरहे समयमै सुदुरपश्चिममा रोपाई सम्पन्न हुने दावी गरेका छन् । उनका अनुसार डडेल्धुरामा ३० प्रतिशत, दार्चलामा ५५ प्रतिशत, डोटीमा २२ प्रतिशत, अछाममा ३७ प्रतिशत, बझाङ्गमा ४५ प्रतिशत, कैलालीमा ३० प्रतिशत, कञ्चनपुरमा ३० प्रतिशत,बैतडीमा ७० प्रतिशत, बाजुरामा ३५ प्रतिशत रोपाई सम्पन्न भएको हो ।
कृर्षि बिकास निर्देशनालय दियायलका निर्देशक जोशीले असार १५को शुभकामना ब्यक्त गरेका छन् । उनले किसान बर्गहरुलाई शुभकामना ब्यक्त गर्दै देशमा चामल आयात प्रतिस्थापन रोक्न र किसानलाई मनोबल बढाउने कुरा असार १५ले उर्जा थपोस भन्ने शुभकामना ब्यक्त गरेका छन्। यस्तै कृृर्षि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा ११ हजार हेक्टरमा चैतेधान र ६७ हजार ४३६ हेक्टरमा बर्खे धान गरी ६९ हजार ४ सय ४० हेक्टरमा धान लगाइने गरेको छ । कृृर्षि ज्ञान केन्द्र कैलालीका सुचना अधिकारी जनक राज जोशीका अनुसार आजसम्म जिल्लामा ३० प्रतिशत रोपाई सम्पन्न भएको छ । जसअनुसार २० हजार २३० हेक्टर क्षेत्रफलमा धान लागाइसकिएको उनले जानकारी दिए । उनले ढिला पानि परेर रोपाई पनी ढिलो गरि सुरु भएको बताउँदै साउनको पहिलो हप्तासम्म कैलालीमा रोपाई सम्पन्न हुने बताए।