धनगढी। नेपाल तरुण दल कैलालीले रिले अनसन सुरु गरेको छ । बुधवार मात्रै गठन भएको तरुण दल तदर्थ समितिलाई लिएर नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा बिहिवारबाट रिले अनसन सुरु गरेको हो।
तरुणहरूको मानमर्दन हुने गरी विधान विपरीत विभेदकारी सिन्डिकेट प्रथाद्वारा ल्याइएको तदर्थ समितिलाई यथाशीघ्र पुनर्गठन गर्न माग गदै आन्दोलन सुरु गरेको नेपाल तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बमले बताए। आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए। उनले बुधबार नेपाल तरुण दलको तदर्स समिती एकदमै बिधिबिधान बिपरित गठन गरेको बताए।
अन्यायपुर्ण किसीमले आम तरुणदलको भावना बिपरित, सिन्डीकेड, प्रथाद्धारा यो कमिटि गठन भएको उनले आरोप लगाए। उनले भने, देशभरका तरुणदलको नेतृत्व गर्दै गर्दा सदस्य बन्दै गर्दा निखारिएर आएका तरुण सदस्य साथीहरुलाई यो समितीमा नसमेटिएको बताए। हालसम्म पहिलोपटक ४०० जनाको जम्बो समिती बनाउँदै गर्दा जिल्लाका अध्यक्षहरु छुटाएको र नसमेटेको उनले भने।
पार्टिले यो कुरालाई पर्नरबिचार गरेर यो समितीलाई नयाँ ढंग र आम तरुणदलको भावना अनुसार समितीलाई चयन गर्नुपर्ने माग उनले गरे। यो समिति पुनर्गठन गरेर लामो समयदेखि काम गर्दै आएकाहरू लाई समितिमा ल्याउनु पर्ने तरुणदलको माग छ। लामो समयसम्म पनि पार्टीमा रहेर काम गर्दा समेत केन्द्रिय समितीमा अन्यहरुको नाम राखेर आफुहरुलाई अपहेलीत तुल्याएको अनसनरतहरुको गुनासो छ।
उनीहरुले अनुसार आन्दोलन,चुनाव तथा संघर्षजस्ता बिभिन्न प्रयोजनमा मात्र आफुहरुलाई सम्झने र समिती गठन गरिदां आफुहरुलाई छुटाइएको भन्दै घोर भत्सर्ना गरेका छन्। आफ्ना मागहरु केन्द्रले सुनुवार तथा सम्बोधन नगरे उग्र रुपमा सुदुरपश्चिम प्रदेशभरी नै अनसन थालिने तरुणदल कैलालीले चेतावनी दिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरुण दल विस्तार गरेका थिए। यसअघि तरूण दल एक सदस्यीय मात्रै थियो। अध्यक्ष विद्वान गुरूङ मात्रै थिए।