धनगढी। धनगढीको दृष्टि फाउन्डेसनलाई स्कुटर सहयोग गरिएको छ। बिहीवार धनगढी १३ कैलाली गाउँमा रहेको फाउन्डेसनलाई स्कुटर हस्तान्तरण गरि सहयोग गरिएको हो। धनगढीकै हाम्रो साझेदारी फर्मका सञ्चालक धनञ्जय भट्ट र टेकराज भट्टले स्कुटर हस्तान्तरण गरेका हुन्।
साहारा विहिनहरूलाई आश्रय दिन खोलिएको दृष्टि फाउन्डेसनकि सञ्चालक कल्पना भट्टलाई १२५ सिसिको स्कुटर हस्तान्तरण गरिएको फर्मका सञ्चालक धनञ्जय भट्टले बताए। बजार क्षेत्रबाट टाढा रहेको फाउन्डेसनको दैनिक कामकाज सहजिकरणकालागी स्कुटर हस्तान्तरण गरिएको उनले बताए।
फर्मबाट भएको मुनाफाबाट उपलब्ध गराएको र ब्यवशायीक सफलता प्राप्त भएमा अझ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। यहि अवसरमा सहकर्मि साथी टेकराज भट्टको जन्मदिन परेकोले फाउन्डेसनमा स्कुटर र साहारा विहिनलाई भोजन गराएर सहयोग गरिएको बताए। फाउन्डेसनलाई इन्भर्टर आवश्यक भएकाले केही महिनाभित्र इन्भर्टर उपलब्ध गराउने प्रतिबद्धता गरिएको सञ्चालक कल्पना भट्टले बताएकी छन्। उनले स्कूटी उपलब्ध गराउनु भएकोमा सहयोगी प्रती धन्यवाद दिइन्।