कञ्चनपुर।कञ्चनपुरको शुक्लाफाँटामा घरको छतबाट खसेर वृद्धको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० शान्तीपथमा घरको छतबाट खसेर बिहीबार बिहान एक जना वृद्धको मृत्यु भएको छ।
छतबाट खसेर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका ६७ वर्षिय देवीलाल शाहको मृत्यु भएको हो। बुधबार भतिजा दान बहादुर शाहको घरमा गएका उनी राती सुत्नलाई छतमा गईरहेको अवस्थामा १ तले घरको छतबाट खसेर गम्भीर घाईते भएका थिए। उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीको भनाई छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।