कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार बिहान आफ्नै घरमा भएको मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।