धनगढी। केन्द्र सरकारले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेट बुधबार प्रतिनिधिसभामा पारित भएको छ। आज बुधबार २५५ उपस्थित प्रतिनिधिसभाको बैठकमा बजेटको विपक्षमा १०८ मत र पक्षमा १४७ मत ल्याएर बजेट पारित गरिएको हो।
यसैबिच गत १५ जेठमा संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा कैलालीको गेटालाई ‘एक सय शैय्याको गेटा स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना गरिने छ भन्ने वाक्यांक, जस्ताको त्यस्तै पारित गरिएको छ। अर्थमन्त्री डा. महतले प्रस्तुत गरेको बजेटमा उक्त कुरा समेटिएपछि सो बिषयलाई लिएर चर्को आलोचना समेत भएको थियो । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापनार्थ बिभिन्न दवाव सिजृना भएको थियो।
शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति नै गठन गरेर विश्वविद्यालयको सुचिश्चितताका लागि तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरेर ६ सय शैय्याको अस्पताल सञ्चालन गर्न दबाब दिदैं आएको थियो । संघर्ष समितिले पुरा गर्न आमहड्ताल सहित बिभिन्न ठाउँमा शान्तिपूर्ण रुपमा आफ्नो आन्दोलनका कार्यक्रम गरेको थियो।अन्ततः संघीय संसदमा अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटमा उल्लेखित ‘एक सय शैय्याको गेटा स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना गरिने छ’ भन्ने वाक्यांक जस्ताको तस्तै पारित भएको हो ।
गत १५ जेठमा प्रस्तुत बजेटमा गेटामा प्रतिष्ठान बनाउने उल्लेख भएपछि अर्थमन्त्री आफैँले त्यसमा संशोधन हुने बताए पनि अन्ततः संशोधनविनै बजेट पारित भएको छ । पारित बजेटमा जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभिनेबाहेक अरु कुनै संशोधन नभएको प्राप्त समाचारमा जनाइएको छ ।अर्थमन्त्री डा.महत, परराष्ट्रमन्त्री एनपी साँउद,नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिह महर,नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता खगराज भट्ट, लगायतका सत्तापक्षीय नेताले गेटामा छ सय सैय्याको अस्पतालसहितको मेडिकल विश्वविद्यालय स्थापना हुने वचनवद्धता प्रकट गरेका थिए। सो प्रतिबद्धता भएपछि १५ जेठपछि चर्किएको आन्दोलन सामान्य बनेको थियो ।
शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज भट्ट आगोले गेटामा स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना गरिने छ वाक्यांक, जस्ताको पारित हुनु दुभाग्य कुरा भएको बताए। उनले आफुहरु आन्दोलनमै रहेको बताउँदै ठूलो आन्दोलन गर्न राजधानी काठमाण्डौँमा केन्द्रत गर्ने बताए । यो सरासर गलत कुरा भएको र पारित गर्नु नेताहरुले सुदुरपश्चिमलाई अपमान गरेको समेत आरोप लगाए। गेटामा सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐन निर्माण गर्नुपर्ने र ६ सय शप्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग छ । आज बुधबार प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजनको माग गरेपछि मत विभाजनमार्फत बजेट पारित भएको हो। ध्वनी मतका आधारमा बजेट पारित हुँदै आएकोमा यसपटक पहिलोपटक मतदान गरिएको हो । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए। बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए।