कैलाली। कैलालीको गोदावरी नगरपालिका- ४ बसन्तपुरकी १८ बर्षीय अश्मी बोहराको न्यायकालागि अत्तरियामा प्रदर्शन गरिएको छ। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अश्मीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको हो। अत्तरियामा स्थानीयहरुले अश्मीको न्यायका लागि नारा लगाउँदै अत्तरिया चोक परिक्रमा गरी इलाका प्रहरी कार्यालयको गेटमा नारावाजी गरेका थिए ।
अश्मी मृत्यु प्रकरण विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको हो। अस्मिले आफ्नो प्राण आफै परित्याग गरेकी हुन्। शनिबार करिब ४ बजेको समयमा अस्मि आफ्नै एक तले चार कोठे पक्की घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन।
नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा अध्ययनरत अश्मिमाथि जबरजस्ती करणी भएको र, कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण अश्मिले मानसिक तनाबमा आएर आत्महत्या गरेको परिवारजनको दावी छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालका अनुसार प्रहरीले अश्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका – ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख बरालले अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको बताए।अश्मिलाई सोही कलेजमा पढ्ने लक्ष्मीको घरमा गएको बेला बलात्कार भएको परिवारको दावी छ। लक्ष्मी फरार रहेकी छिन्। उनको खोजी भईरहेको छ । ६ महिना देखि अलाईट टेक्निकल कलेजमा अप्थामालोजी (नेत्र विज्ञान) बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन्।