धनगढी। सरकारले बिहीवार (भोलि) देशभर सार्वजनिक बिदा (छुट्टी) दिएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व वकर ईद (ईद उल अजर्हा) का अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बिहीबारको बिदाबारे जानकारी दिएको हो।
गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।