धनगढी। धनगढी–डडेल्धुरा विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा आएको छ। आज बुधबारदेखि डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा नियमित रूपमा बिजुली बस सेवा सञ्चालनमा आएको हो।
बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार बिहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउँसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरासम्म नियमित रूपमा विद्युतीय माइक्रोबस सञ्चालनमा आएको बताए । उक्त बसमा ११ जनाको सिट क्षमता रहेको छ।
प्रालिका अध्यक्ष भट्टले पडाडी क्षेत्रमा बान्ता हुने समस्या भएका यात्रुलाई एकदमै सहज र पूर्ण रूपमा बान्तारहित भएकाले सेवाको मौका दिन आग्रह गरे। बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टको भनाई छ।