धनगढी : धनगढीको नेपाल वस्टर्न एकेडेमीले बिभिन्न क्षेत्रमा ‘एनडब्लुए’ बृहत छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै छात्रवृत्ति घोषणा गरेको हो । पोखरा यूनिभरसिटी बाट सम्बन्ध प्राप्त नेपाल वस्टर्न एकेडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम ल्याएको जनाएको छ ।
एनडब्लुए खुल्ला छात्रवृति रहेको छ जसमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ९ जना बिद्यार्थीले पाउने छन । छात्रवृत्तिका लागी परीक्षा लिईने जानाईएको छ । एनडब्लुए जनाजाती छात्रवृत्तिमा एक जना, एनडब्लुए मधेसी कोटामा एक जना, एनडब्लुए गरिब कोटामा एक जना, एनडब्लुए दलित कोटामा एक जना र एनडब्लुए खेलकुद कोटामा एक जना रहने छन ।
जनताजाती,मधेसी,गरिब र पिछडीएको कोटाको लागी जिल्ला प्रशासन तथा आफ्नो स्थानिय तह बाट सिफारिस बनाएर ल्याउनु पर्ने एकेडेमीले जनाएको छ । छात्रवृत्तिका लागी संस्थाले १७ लाख छुट्याएको छ । उक्त बिद्यायलय पछिलो समयमा बिभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन काम गर्दै आएको छ ।