धनगढी : धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले सिमा क्षेत्रमा कडाई गर्न सके मानव बेचबिखन नियन्त्रण आउने बताएकि छिन् । माइती नेपाल धनगढीले आयोजना गरेको उप महानगरपालिका परियोजना सल्लाहकार समितिको बैठकमा बोल्दै रानाले सिमा क्षेत्रमै कडाई नहुँदा मानव बेचबिखन नियन्त्रण गर्न नसकिएको बताएकि हुन् ।
नेपालबाट रोजगारी लगाइदिने तथा बिहे गर्ने आश्वासन दिएर दलालहरुले भारतबाट तेश्रो मुलुकसम्म नेपाली चेलीहरुलाई बेच्ने गरेको देखिन्छ उनले भनिन् “यसको मुख्य कारण सिमानाको शुरक्षा ब्यवस्था चुरुस्त नहुनुनै हो, त्यस कारण मानव बेचबिखन बिरुद्ध काम गरिरहेका संस्थाहरुलाई प्रशासनले सघाउनुपर्छ सिमामा कडाई गर्नुपर्छ ।”
नेपालबाट भारत लगायतका अन्य मुलुकमा बेचिएका चेलीहरुको बिचल्ली छ, उनले भनिन् “कति जना भारतमैपनि बिना कसुर जेलमा परेका रहेछन्, त्यस कारण बेचिसकेपछिको उद्धार भन्दा बेचिनै नदिन हामीले प्रयास गर्नुपर्छ ।”
माइति नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले यो बर्ष सन २०२३ को हालसम्म ५३ जनालाई घर फर्काएको, ५३ जनालाई आवासिय मिलन र १ जनाको सुचना दिइएको बताए । संस्थाले उद्धार संगै सिमा क्षेत्रमा बेचबिखनबाट रोक्न हेल्प डेस्क राखेर काम गरिरहेको उनले बताए । खुला सिममना, सुचनाको अभाव, समन्वयको अभाव र यहाँको कुरिती कुसंस्कारका कारण मानव बेचबिखन रोक्नमा चुनौती रहेको उनले बताए ।