धनगढी। नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका मित नर बहादुर बलायरको मृत्यु भएको छ । धनगढीको निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बलायरको निधन भएको हो।
उनी कैलालीको गोदावरी नगरपालिका वार्ड नम्बर १० मा बस्दै आएका थिए । कैलाली क्षेत्र नं-४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बलायर, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सुदूर पश्चिम प्रदेश समितिका सभापति बीर बहादुर बलायरका जेठा दाजु हुन् ।