डडेल्धुरा। डडेल्धुराबाट अबैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ। आज मंगलबार विहान जिल्लाको पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट अबैध काठ बरामद गरिएको हो।
से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको ईलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ। बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ।