कञ्चनपुर। कञ्चनपुर प्रहरीले जबरजस्ती करणी अभियोगमा एक जनालाई पक्राउ गरेको छ। ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिंह महरालाई प्रहरीले पक्राउ गरेको हो।
खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।