कैलाली। कैलालीमा बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको बेहोस भएर उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ।
कैलाली प्रहरीका अनुसार गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेलिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए। उनको उपचारकै क्रममा सोमबार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।