कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीमा करेन्ट लागेर दुई वर्षीय आरब कोलीको मृत्यु भएको हो।
बैतडी घर भएर हाल भीमदत्त नगरपालिका–१० गड्डाचौकी माईती घरमा बस्दै आएकी कोलीको दुई वर्षीय छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर आरब घाइते भएका थिए। उनको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।