दार्चुला। दार्चुला एक जना चार दिनपछि मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–१ रङरङेका ५२ वर्षिय मानबहादुर बम चार दिनपछि मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।
गत ८ गते सदरमुकाम खलंगा जान भनेर हिडेका बम सोहि दिनदेखि सम्पर्कबिहीन थिए। उनलाई सोमबार साझ ६ः३० बजे नौगाड –२ खलपुजा धारमा बाटोबाट करिब ६०÷७० मिटर तल मृत अवस्थामा फेला पारेको मृतकका भाई लालबहादुर बमले बताए। बमलाई मृत फेला पारेपछि प्रहरीलाई सम्पर्क गरेका थिए।
तत्काल घटनास्थललाई सुरक्षित गरिएको र आज बिहान प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।