कञ्चनपुर। कञ्चनपुरमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । आज बिहान जिल्लाको पुनर्वास नगरपालिका–५ सिमरीमा टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
ईलाका प्रहरी त्रिभुवनबस्तीका अनुसार सुपप्र ०१—००१क २२०० नम्बरको टिप्पर र से४प २२७१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्थानीय ५५ वर्षिय मोतिलाल रानाको मृत्यु भएको हो। धनगढीतर्फ आइरहेको टिप्परसँग हुलाकी सडकमा मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो। टिप्पर र चालकलाई ईलाका प्रहरी त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको उनेल जानकारी दिए ।