दार्चुला। दार्चुलाको दुँहु गाउँपालिका ५ का अध्यक्षको निधन भएको छ । आइतवार स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष मनोरथ भट्ट जिल्ला अस्पताल भर्ना भएका थिए ।
जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर गरेको भएपनि उनको सोमवार बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।यस्तै दुहु गाउपालिकाले शोक बक्तब्य जारी गरेको छ । बक्तब्य जारी गर्दै बडाबासीको बिकास र समृद्र्धीका साथै गाउँपालिकाको बिकासमा अहोरात्र खटिने वडाध्यक्ष भट्टको असमायिक निधनले एकदमै दुखी तुल्याएको बताइएको छ। प्रमुख प्रशासकिय अधिकृत बीरसिँह धामीले जारी गरेको शोक बक्तब्य मार्फत मृतक वडाध्यक्षप्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै सोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।