कैलाली। कैलालीमा बिजुलीको तारसर्ट भई करेन्ट लाग्दा एकको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्चि भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोहि पालिकाका ४५ वर्षीय प्रशादे साउँदलाई करेन्ट लागेको थियो।
करेन्ट लागि घाईते भएका साउदको घोडाघोडि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। खबर प्राप्त हुना साथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी टोली खटिइएको छ। शवलाई पोष्टमाटमको लागि सेति प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।