कैलाली। कैलालीमा विद्युतीय धरापमा पर्दा एक चित्तलसहित ५ वटा गाईको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित दैद्धवारीमा विद्युतीय धरापमा एक चित्तल र पाँच गाई परेका हुन्।
डिभिजन वन कार्यालय, धनगढीका सूचना अधिकारी डबल बोहराले शनिवार राति वनका कर्मचारीले मरेको चित्तल फेला पारेको जानकारी दिए। नेपाल विद्युत प्राधिकरणको बिजुली लाइनबाट करेन्ट हुक गरेर जंगलमा सिकारीले पासो थापेका बताए। जंगली जनावरका लागि थापिएको पासोमा गाईसमेत परेका स्थानीयको भनाई छ। जंगलमा विद्युतीय धराप थाप्नेको भने पहिचान खुलेको छैन।


