काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए। उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गरे।
सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिरसमेत गरे। लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा गाली गलौजमा नउत्रिन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन्। शनिबार भेलामा उनले समर्थकले जथाभावी टिप्पणी गर्दा नेताहरुलाई पनि अप्ठेरो पर्ने बताए।
‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन्। असाध्यै धेरै गालीगलौज गर्छन् भनेर आरोप लागेको छ। अब त्यो आरोप खपेर बस्न मिल्दैन’ उनले भने। पार्टीका नेताहरुलाई आएको गाली र आलोचनामाथि टिप्पणी गर्दा पनि सभ्य ढंगले गर्न लामिछानेले आग्रह गरे। नेताहरु इमानमा रहेका दिनसम्म मात्र कार्यकर्ताले बचाउने भन्दै उनले नेताहरुले इमान छाडेको दिन कार्यकर्ताले बचाउनतिर लाग्न नहुने पनि बताए ।‘म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनुपर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाइदिनुभयो भने अहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन्, पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन् रु आलोचना त गर्छन, सुन्छन। तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ’, लामिछानेले भने।