धनगढी :नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको स्थापना दिवश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश कमिटिले स्थापना दिवशको अवशर पारेरल ३ गतेदेखी बिभिन्न कार्यक्रम गरी आज सम्पन्न गरेको छ । संगठनले असार ३ गते ट्याकंर इकाई कमिटिले धनगढी स्थित आयल निगमको कार्यालयमा पुर्व चालक तथा अग्रजहरुलाई सम्मान गरेको थियो ।
असार ५ गते आयल निगम सरसफाई कार्यक्रम आयोजना गरेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले आज असार ९ गते धनगढी बसपार्क लगायतका ठाउँमा बिविध कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । दिवशको अवशरमा आज धनगढी बसपार्कमा रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य परिक्षण शिविर, मजदूरहरुको स्वास्थ्यमा सहजताका लागी स्वास्तिक अस्पतालसंग उपचारमा छुट सहितको सम्झौता गरिएको छ ।
धनगढी बसपार्कमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका सुदूरपश्चिम अध्यक्ष ललित बहादूर चन्दले जानकारी दिए । यस्तै १ सय ३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको उनले बताए ।
धनगढी स्थित स्वास्तिक कार्डियो अस्पतालसंग गरिएको सम्झौतामा मजदूरहरुलाई जुनसुकै अप्रेसनमा १० देखी १५ प्रतिशत, डाइग्नोस्टिकमा १५ प्रतिशत, ल्याव, एक्सरे, इसिजी, युएसजी, इको, टिएमटी, एबिपी, हल्टर, फिजियोथेरापी तथा बेड चार्जमा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । यस्तै मजदूरहरुलाई अस्पतालले सबै प्रकारका औषधीहरुमापनि ५ प्रतिशत छुट दिनेगरी सम्झौता भएको अध्यक्ष चन्दले बताए । स्थापना दिवशकै अवशरमा आयोजित कार्यक्रममा स्वास्तिक कार्डियो अस्पतालका अध्यक्ष महेश जोशी र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिमका अध्यक्ष ललित चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
दिवशकै अवशरमा नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले कञ्चनपुरको मेहन्द्रनगर बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ । यस्तै संगठनले असार ८ गते महेन्द्रनगर बसपार्क सरसफाई गरेको थियो ।