धनगढी। कञ्चनपुर घर भई भारत मुम्बइमा बस्दै आएकी निर्मला रावल सेट्टीको हत्या नभएको र झुटा कुरा गर्दै प्रचार गरिएको बताइएको छ । मृतक निर्मलाका श्रीमान नरेश सेटीका परिवारले कृपाल सिंह रावल(बेहुलीका बुवा) ले झुटो आरोप लगाएको भन्दै निर्मलाले झुण्डेर आत्महत्या गरेको आरोप लगाएका छन्।मृत्यु वा हत्या सम्बन्धमा बेहुला पक्ष र बेहुली पक्षले आ आफ्नै दाबी गरिरहेका छन् ।
बेहुला पक्षले बेहुलीका बुवा कृपाल सिंह रावलले नेपाली सञ्चार माध्याममा हत्या गरेको भन्दै झुटो र कपोकल्पित बयान दिएको बताए। तर मृतकका माईती पक्षले असार ४ गतेका दिन धनगढीमा पत्रकार सम्मेलन गरेर ‘आफनी छोरी यौन व्यवसायमा लाग्न नमानेकै कारण हत्या गरिएको, मृतक निर्मलाका पति नरेश सेटीको परिवार (महिलाको नाम समेत कोट गरिएको) मुम्बाइमा यौन व्यवसायमा लागेको र उनीहरुको आफनो आम्दानीको कुनै स्रोत नभएको’ मृतकका बुवा रावलले आरोप लगाएका थिए।
तर नरेश सेटीलेले सबै कुरा झुट भएको र भारतका विभिन्न संस्थामा उनीहरु कार्यरत रहेको दाबी गरेका छन्। कञ्चनपुर प्रहरीको थुनामा रहेका नरेश सेट्टी मुम्बइस्थित मल्टिनेशनल सफ्टवेयर कम्पनिमा कार्यरत रहेको बताइएको छ। उनकी दिदी युरिका एजुकेशन प्राइभेट लिमिटेडमा, आमा लक्ष्मी स्वर्गिय श्रीमानको बैंक जागिरको पेन्सनमै जिविकोपार्जन गरिरहेको बताएका छन। उनले बेहुला परिवारका कुनै सदस्यबाट मोबाइल चलाउनमा रोकटोक नगरेको दाबी गरे।
‘मृतकका बुवा कृपाल सिंह रावलले आफ्नी छोरीको हात माग्न पटक पटक आउनु भएको र खाली हात पठाएको भनी झुटा आरोप लगाएको र बरु छोरी निर्मला मार्फत पटक–पटक केटा पक्षलाई फोन गरी हात माग्न आएको’ पत्रमा भनिएको छ।असार ४ गते विभिन्न सञ्चारमाध्ययमा निर्मलाको बिहेको हत्या सम्बन्धी समाचार र आरोपप्रति मेरो र मेरो परिवारको गम्भिर ध्यानाकर्षण भएको र गम्भिर आपत्ति रहेको स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ। भारतीय अस्पतालले रीपोर्ट दिएको मृतक निर्मलाले आफै आफ्नै कोठामा झुण्डीएर आत्महत्या गरेको जनाएको छ ।