धनगढी। कैलालीको गेटामा विश्वविद्यालय माग गर्दै भोलि अत्तरिया बसपार्कमा भोलि डेउडा खेलिने भएको छ। गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिले भोली अत्तरिया बसपार्कमा डेउडा खेलिने भएको हो।
संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले शनिवार साँझ ५ बजे अत्तरिया बसपार्कमा डेउडा खेलिने बताए। सघंर्षका कार्यक्रम अन्तरगत शनिवार बृहत डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ।
डेउडा गायकहरु दीर्घराज फुलारा र गणेश विष्ट डेउडा खेलमा हुनेछन। गेटामा सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐन निर्माण गर्नुपर्ने र ६ सय शप्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग गर्दै कैलालीमा आन्दोलन जारी रहेको छ।