दार्चुला। दार्चुलामा सर्पको डसाइबाट किशोरीको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको हो।
लेकम–३ मकन्ना जेबलाका प्रेम वल्लव जोशीकी छोरी हेमन्ती जोशीको शुक्रबार सर्पको टोकाईबाट मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उनलाई बिहान घरमै कोठाभित्र सर्पले टोकेको बताइएको छ। हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन्।