कैलाली। कैलालीमा एक युवक आफ्नै घरमा मृत फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा ३० वर्षीय लक्ष्मीप्रसाद चौधरी आफ्नै घरमा मृत फेला परेका हुन् ।
आज (शुक्रवार) उनको शव आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारि दिएको छ। घटना अनुसन्धान गर्न आफू त्यसतर्फ गइरहेको कैलाली प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।