धनगढी। कैलालीको धनगढीमा प्रहरी टोलीले १ लाखबढीका भन्सार छलिका सामान बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगर–२ ट्राफिक चोकमा भन्सार छलिका १ लाख ६ हजार बराबरको टेन्टको समान, फ्यान ठुलो, हाडवेयर, झिलमिला लाईट, लाईट रोल, लगायतका सामानहरु वेवारिसे अवस्थामा बरामद गरेको हो ।
यस्तै ट्राफिक चोकबाटै भन्सार छलिका अन्दाजी १३ हजार मुल्य बराबरको सुपरपावर, विडी, कट्टु लगयातका सामानहरु वेवारिसेअवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उक्त सामान बिहीवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।