धनगढी। कैलालीको धनगढीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका १४ एच् गाँउको घाट स्थित नालीमा सोही वडाको शिवतालका अन्दाजी ३८/३९ वर्षका मान बहादुर चौधरीको मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
खबर प्राप्त हुना साथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय बहुलियाबाट प्रहरी टोली खटिएको थियो। थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय कैलालीको टोली खटिएको छ। लाशलाई पोष्टमार्टमको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।