अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाले नीति तथा कार्यक्रम एंव बजेट भोलि सार्वजनिक गर्ने भएको छ। नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि भोलि नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गर्न लागेको हो।
नगरपालिकाले बिहान ११ बजे अत्तरियाको नमस्ते पार्टी प्यालेसमा नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरिने भएकाले नरपालिका र वडा कायलयको सेवा प्रवाह भने बन्द रहने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका सबै सेवा शुक्रबार बन्द हुने जनाएका छन। कार्यालय बन्द भएपनि कमएचारीहरुलाई भने आफ्नो तालुक कार्यालयमा हाजिर भएर मात्रै नगरसभामा सहभागि हुन भनिएको छ।