धनगढी। कैलालीको गोदावरीमा अवैध काठसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति गोदावरी नगरपालिका–१२ कोलमुडाको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ४ त ४७६६ नम्बरको ट्याक्टरलाई अवैध काठसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्याक्टर र काठसँगै गोदावरी–११ का २८ चालक वर्षीय अम्मर साउँद र ट्याक्टरमा बसिरहेका ३९ वर्षीय नन्दराम बडैलालाई समेत पक्राउ गरेको छ। साउँदले चलाएको ट्याक्टरमा अबैध रूपका सालको ७ (सात) फिट लम्बाई भएको ४८ वटा फ्रेम र ७ (सात) फिट लम्बाई भएको १८ वटा कडी फेलापारी अस्थाई प्रहरी पोष्ट ओलानीले नियन्त्रणमा लिएको छ। ट्याक्टर र दुबै जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथी थप अनुसन्धान भैहेको कैलाली प्रहरीले जानकारी दिएको छ।