कञ्चनपुर। कञ्चनपुरको बेलौरी माइती आएकी महिला मृत अवस्थामा फेला परेकी छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अंजली चौधरी आज (बिहीवार) मृत फेला परेकी हुन्।
रौतहट जिल्ला बिहेबारी भएकी अंजली चौधरी बिहीबार बिहान माइती घरमैं मृत फेला परेकी प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।