कैलाली। धनगढीको त्रिनगर ब्यारेलमा ब्राउनसुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार व्यारेलबाट प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको हो।
प्रहरीले १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरसहित कैलालीकै गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिंह साउँद पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरको टोलीले शङ्काको आधारमा खानतलास गर्दा साउँदको साथबाट ब्राउनसुगर फेला परेको बताइएको छ।