धनगढी। कैलालीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ देखतभूलीका धन बहादुर रानाको छोरा अन्दाजी १७ वर्षीय सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको हो।
कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर बुधवार साँझ मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।