दार्चुला।दार्चुलामा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ। दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको हिउँमा चिप्लिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिकाको वडा नम्बर ४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मृत्यु भएको हो। हिउँबाट चिप्लिएका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना मंगलबार दिउँसोको भएपनि प्रहरीलाई ढिलोगरी खबर प्राप्त भएको हो।