कैलाली। कैलालीको अत्तरियामा आन्दोलनका क्रममा पक्राउ परेका ४ जनालाई रिहाईको माग गर्दै अत्तरिया बजार बन्द गरिएको छ । मंगलबार कैलालीको अत्तरियामा भएको आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहाईको माग गर्दै अत्तरिया बजार बन्द गरिएको हो।
शहिद शरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले बजार बन्द गराएको हो। बन्दसंघर्ष समितिले सरकारले जेठ १५ गते बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल बनाउने घोषणा गरेपछि करिब ३ साता देखि आन्दोनलका कार्यक्रम गर्दै आइरहेको छ। हिजोको आन्दोलनबाट दिपक बोहरा,भेष बोहरा,भिम बोहरा र गौतम रोकाया पक्राउ परेका थिए।
शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समिति संयोजक लोकराज पाण्डेय आगोले आन्दोलनमा रहेका दिपक बोहरालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेर यातना दिइ सेती प्रादेशिक अस्पताल लगीएको बताए। उनले जुन अमानविय मात्र नभएर कानुनी राज्यको अपमान रहेको बताएका छन्। यथासिघ्र रिहाईको माग सङै यातनादिनेको पहिचानका गरि प्रक्रिया अगाडि बढाईदिन मानव अधिकारवादी सङ्ग संस्थाहरुलाई हर्दिक अनुरोध गरेका छन्।