धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले अब कुरा कम काम बढी देखाउनुपर्ने बताएका छन् । नाटा सुदूरपश्चिमको आयोजनामा भैरहेको २ दिने टुर एवं नेचर गाइड प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री धामीले अब काम गर्न सरकारसंग सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
निजि क्षेत्रले बिगत बषौँदेखी पर्यटनबाट सम्बृद्धी भनिरहेको छ, यस्तै सरकारलेपनि धामीले भने “अब भन्दा भन्दा जनता दिक्क भइसकेका छन्, खाली भन्ने मात्रै काम नहुने प्रवृती धेरै देखियो, अब हामीले काम देखाउनुपर्छ, निजि क्षेत्र एकदम ढुक्क भएर आफ्ना काम अगाडी बढाउनमा लाग्नुपर्छ, कसरी सुदूरपश्चिममा पर्यटक भित्र्याउने, कसरी निजि क्षेत्रलाई फस्ट्याउने र प्रदेशलाई सम्बृद्धीको दिशामा लैजाने निजि क्षेत्र लागोस प्रदेश सरकार कानुनी अड्चन हटाउन तयार छ ।”
तपाइहरु लाग्नुहोस म भन्दैछु प्रदेशबाट के के कानुनी अड्चन हटाउनुपर्छ तयार छु, केन्द्रमापनि पहल गर्ने छु उनले भने “तपाइहरु खाका ल्याएर आउनुहोस, तपाइहरुले के गर्ने प्रदेश सरकारले के गर्नुपर्ने हो मात्र प्रदेशको बिकासका लागी आउनुहोस, ब्यक्तीगत स्वार्थमा सहयोग गरिन्न, हामीले परिमाण देखाउनै पर्ने छ ।”