धनगढी : अबैध कुखुरा बोकेको गाडी सहित चालक पक्राउपछि मजदूर संगठनहरुले आपत्ति जनाएका छन् । गत जेठ २१ गते कैलालीको बुढितोलाबाट कुखुरा लगेर बझाङ जाँदै गर्दा प्रहरीले कुखुरा बोकेको सु.प.प्र ०२०१ च ८६८ नम्बरको बोलेरो जिप सहित चालक पक्राउ भएपछि यातायात मजदूर संगठनहरुले आपत्ति जनाएका हुन् ।
मजदूर संगठनहरुका अनुसार गाडी धनी बैतडीको सुर्नया गाउँपालिका ६ स्थाई घर भएको सुवास चन्द समेत संगै भएको अवस्थामा समेत नियतबस प्रहरीले जिप चालकलाई पक्राउ गरी फसाएको दावी गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दका अनुसार २१ गते भारतबाट अबैध रुपमा ल्याइएका कुखुरा सुवास चन्दले बुढितोलाबाट बझाङ लान खोजेका थिए । बिगतबाटै चन्द यस्तो ब्यवसायमा हुनुहुँदो रहेछ चालकलाई त्यो थाहा भएन उनले भने “चालकलाई कुखुरा लोड गराएर बझाङ हिन्न भन्यो र जिप बझाङ तर्फ हिन्यो तर त्यो जिपमा भएका कुखुरा अबैध हुन भन्ने प्रहरीले सुइको पाएपछि बरामद भएको रहेछ, कुखुरा सहित जिप बरामद गर्दा कुखुरा साहु पक्राउ पर्नुपर्ने हो तर नियतबस प्रहरीले चालक देवेन्द्र रोकायालाई पक्रउ गरेको थियो, त्यसपछि पनि भन्सारले तोकेको ४ लाख ८८ हजार ४ सय रुपयाँ जरिवाना जिप धनी चन्दले नबुझाउँदा हाम्रो मजदूर बिना गल्ती २२ दिनदेखी प्रहरी हिरासतमा हुनुहुन्छ ।”
हामीले गाडीधनी चन्दलाई भन्सारले तोकेको धरौटी तिर्न धेरै पटक आग्रह गरिसकेका छौँ उनले भने “कि धरौटी बुझाएर हाम्रो मजदूरलाई छुटाआ्स हैन भने आफु प्रहरी कार्वाही भोगोस, मजदूरलाई रिहाई नगरे हामी कडा आन्दोलनमा उत्रिनेछौँ, असार ५ गतेभित्र चालक रिहा नभए दवावमुलक कार्यक्रम गर्न हामी बाध्य हुन्छौँ ।”