धनगढी। कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको बेलौरीबाट गरी लागुऔषधमा संलग्न ६ युवा पक्राउ परेको प्रहरीले जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम ६ सय २० मिलिग्रामसहित सोमबार दिउँसो दुई जना पक्राउ परेका छन्। लागुऔषधसहित पक्राउ पर्नेमा धनगढी २ का २४ वर्षीया आयुषा बिष्ट र अछाम साँफे बगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट सु.प.प्र ०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। त्यस्तै टीकापुर नगरपालिका–६ बेलुवाबाट पनि ४ ग्राम ८१० मिलिग्राम लागुऔषधसहित दुई जना सोमबार राति पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ का २९ वर्षीय बिशाल ज्ञवाली र सोही स्थानका २६ वर्षीय रोशन सुनार लागुऔषधसहित पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ लक्ष्मीस्विट चोकबाट पनि लागूऔषधसहित थप २ जना पक्राउ परेका छन्। ८ ग्राम ६० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउका १८/१८ वर्षीय दुई जना किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। लागुऔषधसहित ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो। लागुऔषधसहित पक्राउ परेकामाथी प्रहर िथप अनुसन्धान गरिररहेको जनाएको छ ।